पवनकुमार साह
महोत्तरी, २२ पौष
महोत्तरी जिल्लाको जलेश्वरमा २ वर्ष अघि स्थापना भएको प्र्रादेशिक बीउ विजन प्रयोगशाला कर्मचारी बिहिन देखिएको छ ।
आ.व.२०७६।०७७ मा संचालनमा आएको बीउ विजन प्रयोगशालामा प्र्राबिधिक तथा प्रशासनिक कर्मचारी मिलाएर ११ जनाको दरबन्दी रहे पनि अहिलेसम्म तेस्रो आ.ब.२०७८।०७९ शुरु भएको छैठो महिना बितिरहेको बेलामा पनि प्रदेश तथा केन्द्र्र सरकारबाट नपुग १० जना कर्मचारी बहाली सम्बन्धमा कुनै पनि संकेत नदेखिएकोले यो वर्ष पनि कर्मचारी फ्रिज हुने सो कार्यालयको निमित कार्यालय प्रमुख श्री प्रसाद यादवले जानकारी गराउनुभयो ।
आफू एक्लै यस प्रयोगशालाको प्राबिधिकको रुपमा कार्य गर्दै आएको बताउनुभयो । यस प्र्रयोगशालाले प्रदेश २ को ८ वटै जिल्लाका किसानहरुलाई सेवा प्रदान गर्ने भएकोले कर्मचारी अभावको कारण सेवा प्रदान गर्न कठिनाई भइरहेको वहाँले जानकारी गराउनुभयो ।
साथै यस प्रयोगशालालाई अरु प्रदेश झै सबल तथा सुविधायुक्त बनाउन उपकरण,भवन तथा बजेटको समेत अभाब रहेकोले समयमै सरकारले व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको वहाँले थप्नुभयो ।
प्र्रदेश २ मा यस प्रयोगशालासँग सम्बन्धित गुण नियन्त्रण केन्द्रको समेत स्थापना गर्नुपर्ने ऐनमा रहे पनि अहिलेसम्म स्थापना नहुनु जिन्ताजनक रहेको वहाँले बताउनुभयो ।