ओमिक्रोनबारे साबधान रहौं – Jaleshwortoday

ओमिक्रोनबारे साबधान रहौं

 २२ पुष २०७८, बिहीबार २३:५७  
Education

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण छिमेकी राष्ट्र भारतमा फैलिसकेको परिवेशमा नेपाल सरकार तथा यहाँका नागरिकले साबधान रहन जरुरी छ । खुल्ला नेपाल भारत सिमानाका कारण नेपालमा समेत यसको संक्रमणको खतरा बढेको देखिन्छ । प्रायजसो नेपाली नागरिकले कोरोनाको खोप लगाई सके पनि १२ वर्षमुनिका बालबालिका तथा सघन रोगका बिरामीहरुले खोप लगाउन बाँकी रहेकाले सोको व्यवस्थापन गर्नमा केन्द्र सरकारले प्र्राथमिकता दिन जरुरी छ । यो भेरियण्ट कोरोना भन्दा बढी नै खतरनाक रहेको विश्व स्वास्थ्य संंगठनको ठहर रहेको छ । अहिले विद्यालय तथा सार्वजनिक संस्थाहरु चालु अवस्थामा रहेकाले यस ठाउँहरुमा समेत समाजिक दुरी,मास्कको प्रयोग र सेनिटाइजरको प्रयोगमा नियमितता देखाउनु जरुरी देखिन्छ । किनभने रोग लाग्नु भन्दा पहिले नै निदान खोज्नु तथा शतर्कता अपनाउनु बद्धिमानी भएकोले सबैले यसको पालना गर्न आवश्यक छ । यसबारे तीने तहको सरकारले तयारी अवस्थामा बस्न जरुरी रहेको छ । साथै यहाँका नागरिकहरुले समेत आ—आफ्नो ठाउँबाट सुरक्षित रहन आवश्यक छ । अहिले सिमानाकाहरुमा स्वास्थ्य हेल्प डेस्क राख्नुपर्ने तथा संक्रमित देशहरुसँगको हबाई सेवा रोक्न आवश्यक छ ।