जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २३ पौष
महोत्तरीको सोनमा गाउँपालिका वडा नं.२ को लोसपा वडाध्यक्ष गंगा प्रसाद यादव सहित दर्जनौं कार्यकर्ताहरु नेपाल सद््भावना पार्टी(नेसपा)मा प्रवेश गरेका छन् । नेता यादव यस अघि नेपाल सद््भावना पार्टीमै सक्रिय रहेकोले वहाँको सदस्यता नवीकरण गरिएको नेसपा केन्द्रिय अध्यक्ष राम कुमार महतोले जानकारी गराउनुभयो । साथै वहाँलाई महोत्तरी जिल्ला सदस्य तथा गाउँपालिका संयोजक समेत मनोयन गरी प्रमाणपत्र के. अध्यक्ष महतोले प्रदान गर्नुभयो । त्यसैगरी सोही वडाकै जुझारु नेता शत्रुधन यादव पनि आज एउटा कार्यक्रम वीच नेसपाको सदस्यता लिई यस पार्टीमा प्रवेश गरेका छन्् । नेता यादवसँगै सोनमा गा.पा.वडा नं. ५ को शशी राय यादव तथा वडा नंं.९ को मणि राम यादव(सत्य) ले आजै नेसपाको सदस्यता ग्रहण गर्दै यस पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई अध्यक्ष महतोले बधाई दिनुको साथै उत्तरोत्तर प्रगति को कामना समेत गर्नुभयो । कार्यक्रममा के.महासचिव नागेन्द्र सिंह,प्रवक्ता पवन कुमार साह,के.सदस्य राम बाबु महतो,ध.जि.अध्यक्ष मुरारी लाल कर्णको समेत उपस्थिति रहेको थियो ।