सरसफाईमा ध्यान दिऔं – Jaleshwortoday

सरसफाईमा ध्यान दिऔं

 २४ पुष २०७८, शनिबार २३:४२  
Education

कोरोनाको डर छदाछदै सरसफाईमा ध्यान दिन आवश्यक देखिन्छ । किनभने फोहोरको कारण पनि कोरोनाको संक्रमण बढने देखिन्छ । अहिले विभिन्न नगरपालिका तथा गाउँपालिकाहरु आफ्ना कामकाजमा व्यस्त देखिएका छन् । तर फोहोर व्यवस्थापन केहि मुख्य सडकमा फाटफुट रुपमा भए पनि सानो बाटो तथा गल्लीहरुमा फोहोर थुप्रिएर गन्हाएको छ भने त्यसबाट रोग सर्ने संभावना पनि त्यत्तिकै बढेको देखिन्छ । यति मात्र होइन बजार छेउछाउमा समेत फोहोरको चाप बढेको देखिन्छ जहाँ पालिका फोहोर लिने गाडीहरु जादैनन् । बजारका ठेकेदारहरु समेत यस सम्बन्धमा गैरजिम्मेबार देखिएकोले यसको उपचार हुन जरुरी छ ।
जब की फोहोर व्यवस्थापनको लागि प्रत्येक पालिकाले विभिन्न कर्मचारीहरु समेत व्यवस्थापन गरेका छन् । त्यसकारण ती सफाई कर्मचारीहरुलाई काममा अर्हाउन सक्नुपर्यो । काम नगर्ने कर्मचारीहरुलाई कारबाही समेत गर्न जरुरी छ । कतिपय साना बाटाहरु फोहोर तथा नालाले अबरुद्ध भएका छन् जसको पहिचान गरी समयमै व्यवस्थापन गर्नुपर्छ । पालिकाहरुले सफाई बाहेक कुनै किसिमको लापरबाही गरेको खण्डमा सचेत नागरिकले विभिन्न माध्यमबाट पालिका प्रमुख वा वडा प्रमुखलाई समयमै जानकारी गराई समस्या बढन दिनु हुदैन । यस्ता गुनासाहरुका समाधान पनि सिघ्र गरिनुपर्छ जसले नागरिकहरु स्वस्थ्य रहनुका साथै रोगसँग लडने क्षमतामा समेत बृद्धि हुन्छ।