जलेश्वरटुडे समाचारदाता
धनुषा, २५ पौष
सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्मका लागि विद्यालय बन्दको निर्णय गरेको हो । कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा रहेकाले निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेको उनले बताइन् । बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको छ ।