नेपाल सरकारले ओमिक्रोन सेफलेण्डींग बारे नीति बनाउन जरुरी – Jaleshwortoday

नेपाल सरकारले ओमिक्रोन सेफलेण्डींग बारे नीति बनाउन जरुरी

 २६ पुष २०७८, सोमबार ००:०६  
Education

नेपाल सरकारले ओमिक्रानको संक्रमण बढीरहेको बखत यसबारे सेफलेण्डींग सम्बन्धमा नीति बनाउन आवश्यक रहेको देखिन्छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण छिमेकी राष्ट्र भारतमा फैलिसकेको परिवेशमा नेपाल सरकार तथा यहाँका नागरिकले साबधान रहन जरुरी छ । खुल्ला नेपाल भारत सिमानाका कारण नेपालमा समेत यसको संक्रमणको खतरा बढेको देखिन्छ । प्रायजसो नेपाली नागरिकले कोरोनाको खोप लगाई सके पनि १२ वर्षमुनिका बालबालिका तथा सघन रोगका बिरामीहरुले खोप लगाउन बाँकी रहेकाले सोको व्यवस्थापन गर्नमा केन्द्र सरकारले प्र्राथमिकता दिन जरुरी छ । यो भेरियण्ट कोरोना भन्दा बढी नै खतरनाक रहेको विश्व स्वास्थ्य संंगठनको ठहर रहेको छ । अहिले विद्यालय तथा सार्वजनिक संस्थाहरु चालु अवस्थामा रहेकाले यस ठाउँहरुमा समेत समाजिक दुरी,मास्कको प्रयोग र सेनिटाइजरको प्रयोगमा नियमितता देखाउनु जरुरी देखिन्छ । किनभने रोग लाग्नु भन्दा पहिले नै निदान खोज्नु तथा शतर्कता अपनाउनु बद्धिमानी भएकोले सबैले यसको पालना गर्न आवश्यक छ । यसबारे तीने तहको सरकारले तयारी अवस्थामा बस्न जरुरी रहेको छ । साथै यहाँका नागरिकहरुले समेत आ—आफ्नो ठाउँबाट सुरक्षित रहन आवश्यक छ । अर्थतन्त्रलाई प्र्रभाव नपर्ने गरी कोरोनाको संक्रमण नियन्त्रण सम्बन्धी नीति बनाउन जरुरी छ । पहिले विद्यालय बन्द गरेर हुदैन । यातायात लगायत अन्य अनियन्त्रित संक्रमण हुने ठाउँहरुरुलाई अर्थतन्त्रलाई प्रभाव नपर्ने गरी नियन्त्रीत गर्न जरुरी छ । बरु नीजि भन्दा सरकारीलाई निगरानीमा राख्न जरुरी छ ।