लकडाउनको थालनी विद्यालयबाटै नगरौं – Jaleshwortoday

लकडाउनको थालनी विद्यालयबाटै नगरौं

 २७ पुष २०७८, मंगलवार ००:४४  
Education

नेपाल सरकारले ओमिक्रानको संक्रमण बढीरहेको बेलामा विद्यालयबाट नै लकडाउनको थालनी गर्नु गलत निर्णय रहेको देखिन्छ । किनभने विद्यालयको जस्तो नियन्त्रित अरु कुनै ठाउँ हुुुन सक्दैन । किनभने धेरैजसो विद्यालयहरुले कोरोना विरुद्ध राम्रो तयारी गरेका हुन्छन् । विद्यालय नियन्त्रित क्षेत्र रहेकोले खुल्ला नेपाल भारत सिमानालाई नियन्त्रित गर्न जरुरी छ । प्रायजसो नेपाली नागरिकले कोरोनाको खोप लगाई सके पनि १२ वर्षमुनिका बालबालिका तथा सघन रोगका बिरामीहरुले खोप लगाउन बाँकी रहेकाले सोको व्यवस्थापन गर्नमा केन्द्र सरकारले प्र्राथमिकता दिन जरुरी छ । अहिले विद्यालय तथा सार्वजनिक संस्थाहरु चालु अवस्थामा रहेकाले यस ठाउँहरुमा समेत समाजिक दुरी,मास्कको प्रयोग र सेनिटाइजरको प्रयोगमा नियमितता देखाउनु जरुरी देखिन्छ । किनभने रोग लाग्नु भन्दा पहिले नै निदान खोज्नु तथा शतर्कता अपनाउनु बद्धिमानी भएकोले सबैले यसको पालना गर्न आवश्यक छ । यसबारे तीने तहको सरकारले तयारी अवस्थामा बस्न जरुरी रहेको छ । साथै यहाँका नागरिकहरुले समेत आ—आफ्नो ठाउँबाट सुरक्षित रहन आवश्यक छ । अर्थतन्त्रलाई प्र्रभाव नपर्ने गरी कोरोनाको संक्रमण नियन्त्रण सम्बन्धी नीति बनाउन जरुरी छ । पहिले विद्यालय बन्द गरेर हुदैन । यातायात लगायत अन्य अनियन्त्रित संक्रमण हुने ठाउँहरुरुलाई अर्थतन्त्रलाई प्रभाव नपर्ने गरी नियन्त्रीत गर्न जरुरी छ । बरु नीजि विद्यालय भन्दा सरकारीलाई निगरानीमा राख्न जरुरी छ । बाह्यगथवजmल उडानलाई नियन्त्रित गर्न जरुरी छ । बजारमा देखिएको अनियन्त्रि भिडलाई नियन्त्रण गर्न गराउन जरुरी छ ।