
जलेश्वरटुुडे समाचारदाता
धनुषा, २६ पौष
ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलद्वारा सोमबार धनुषाको मिथिला नगरपालिका अन्तर्गतको मिथिला सागर (पोखरीया) भन्ने ठाउँको अवलोकन गरी शैक्षिक भ्रमण तथा बनभोज कार्यक्रम समपन्न गरिएको छ ।
यस क्षेत्रमा पहाडी तथा मधेसी समुदायको मिश्रित बसोबास रहेको तथा एकै ठाउँबाट पहाड तथा तराईको मनोरम दृृष्यको अवलोकन गर्न सकिने गजबको प्राकृतिक तथा कृत्रिम सौन्दर्यतालाई नजिकैबाट विद्यार्थीहरुलाई देखाउन सकेको बरिष्ठ शिक्षक सरोज झा,विवेकानन्द झा तथा विन्देश्वर लाल कर्णले मिश्रित विचार राख्नुभयो ।
जकपुरधामको वडा नं.—१२ माछापालनदेखि पूूर्व (एयरपोर्ट रोड)मा अवस्थित यस विद्यालयले विद्यार्थीहरुको सर्बांगीण विकासलाई ध्यान दिदै आज शैक्षिक भ्रमण तथा बनभोज कार्यक्रम आयोजना गरेको विद्यालयको प्रधानाध्यापक उप—प्रा. पवन कुमार साहले बताउनुभयो ।
विद्यार्थीहरुलाई मात्र किताबको अध्ययनले नपुग्ने भएकोले समय मिलाएर विद्यार्थीहरुलाई विभिन्न ठाउँहरुको अवलोकन गर्न गराउँन मौका दिनु नितान्त आवश्यक रहेको वहाँले थप्नुभयो । विद्यालयका विद्यार्थी,शिक्षक तथा कर्मचारीहरुले यस्तो कार्यक्रममा समाबेश भएर हर्षित देखिएका थिए ।