प्रदेश २ को नाम र स्थायी राजधानीका लागि मतदान गरिने – Jaleshwortoday

प्रदेश २ को नाम र स्थायी राजधानीका लागि मतदान गरिने

 २८ पुष २०७८, बुधबार ००:१५  
Kriishi

जलेश्वरटुडे समाचारदाता
धनुषा, २७ पौष

प्रदेश २ को नाम र स्थायी राजधानीका लागि मतदान हुने भएको छ । प्रदेशसभामा पेश भएको प्रस्तावहरुमध्ये कुनैमा पनि सहमती नभएपछि अब मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको. छ । प्रदेश सभामुख सरोजकुमार यादवले आइतबार बोलाएको सर्वदलीय बैठकमा नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो । सभामुख यादवको सभापतित्वमा प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन गरिएको थियो । समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुर र वीरगन्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियोरु। तर कुनै प्रस्तावमा सहमति नभएपछि मतदानका लागि सहमति भएको हो । मतदानका लागि कुनै पनि प्रस्तावमा बहुमत नहुँदा नाम र राजधानीको प्रस्ताव पुनः अस्वीकृत हुने जोखिम छरु। नाम र स्थायी राजधानीका लागि संसदमा दुई तिहाइ बहुमत आवश्यक छ ।

May be an image of motorcycle and text that says '*YAMAHA JAPANESE INNOVATION e ALL NEPAL SHOWROOM EXCHANGE change 30 POUSH25 & UPGRADE RIDE INTO THE NEW YEAR 2022 witha BRAND NEW YAMAHA FZ5 YAMAHA FREE ACCESSORIES SURE SHOT CASH DISCOUNT Rs. 7,000/- GUARANTEED ADDITIONAL RS. 10,000/- SPOT FINANCE VALUATION BRAND, ANY CONDITION INTEREST, LOW DOWNPA LOW EMI Finance Poweredb MAW INVESTMENT PVT.LTD. www.yamaha.com.np f Yamaha जलेश्वरनाथ अटोमोबाईल्स, जलेश्वर, महोत्तरी सम्पर्क मोबाइल: ९5५४०२११५१'

जसपा, लोसपा र माओवादी केन्द्रले प्रस्ताव गरेको मधेस प्रदेशको प्रस्तावमा सांसदको संख्या ६३ छ । उनीहरूलाई आफ्नो प्रस्ताव पारित गराउन अझै ७ जना सांसद आवश्यक हुन्छ । अन्य प्रस्तावहरू जानकीको पक्षमा एमाले र नेकपा (एकीकृत समाजवादी) का २१ जना, १९ सांसद रहेको कांग्रेसले मिथिला भोजपुरा गरेका छन् भने कांग्रेस सांसद राजेश्वरप्रसाद साह मध्य मधेसको पक्षमा छन । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले माघ पहिलो सातामै मतदानबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने सहमति गरेको बताए ।प्रदेश २ को नाम र स्थायी राजधानीका लागि मतदान हुने भएको छ । प्रदेशसभामा पेश भएको प्रस्तावहरुमध्ये कुनैमा पनि सहमती नभएपछि अब मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको. छ । प्रदेश सभामुख सरोजकुमार यादवले आइतबार बोलाएको सर्वदलीय बैठकमा नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो । सभामुख यादवको सभापतित्वमा प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन गरिएको थियो । समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुर र वीरगन्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियोरु। तर कुनै प्रस्तावमा सहमति नभएपछि मतदानका लागि सहमति भएको हो । मतदानका लागि कुनै पनि प्रस्तावमा बहुमत नहुँदा नाम र राजधानीको प्रस्ताव पुनः अस्वीकृत हुने जोखिम छरु। नाम र स्थायी राजधानीका लागि संसदमा दुई तिहाइ बहुमत आवश्यक छ । जसपा, लोसपा र माओवादी केन्द्रले प्रस्ताव गरेको मधेस प्रदेशको प्रस्तावमा सांसदको संख्या ६३ छ । उनीहरूलाई आफ्नो प्रस्ताव पारित गराउन अझै ७ जना सांसद आवश्यक हुन्छ । अन्य प्रस्तावहरू जानकीको पक्षमा एमाले र नेकपा (एकीकृत समाजवादी) का २१ जना, १९ सांसद रहेको कांग्रेसले मिथिला भोजपुरा गरेका छन् भने कांग्रेस सांसद राजेश्वरप्रसाद साह मध्य मधेसको पक्षमा छन । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले माघ पहिलो सातामै मतदानबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने सहमति गरेको बताए ।