कोरोना बढेसँगै भारतबाट फर्किनेको लर्को – Jaleshwortoday

कोरोना बढेसँगै भारतबाट फर्किनेको लर्को

 २८ पुष २०७८, बुधबार ००:१८  
Kailali

जलेश्वरटुुडे समाचारदाता
कैलालींं, २७ पौष

कोरोना संक्रमण बढेसँगै भारतबाट घर फर्कने नेपालीहरुको संख्या पनि बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशबाट कामको खोजीमा भारत गएका नेपालीहरु कोरोनाको डरले धमाधम फर्कन थालेका हुन् । कैलालीको त्रिनगर भन्सार नाका र कञ्चनपुरको गड्डा चौकी नाकाबाट घर फर्कने नेपालीको संख्यामा पछिल्ला दिन वृद्धि हुन थालेको हो । यसरी फर्कनेहरुलाई नाकामै एन्टिजेन परीक्षण गर्न थालिएको छ । भारतबाट फर्किनेहरुमध्ये १५–२० प्रतिशतमा कोरोना संक्रमण पाइएको छ ।

May be an image of motorcycle and text that says '*YAMAHA JAPANESE INNOVATION e ALL NEPAL SHOWROOM EXCHANGE change 30 POUSH25 & UPGRADE RIDE INTO THE NEW YEAR 2022 witha BRAND NEW YAMAHA FZ5 YAMAHA FREE ACCESSORIES SURE SHOT CASH DISCOUNT Rs. 7,000/- GUARANTEED ADDITIONAL RS. 10,000/- SPOT FINANCE VALUATION BRAND, ANY CONDITION INTEREST, LOW DOWNPA LOW EMI Finance Poweredb MAW INVESTMENT PVT.LTD. www.yamaha.com.np f Yamaha जलेश्वरनाथ अटोमोबाईल्स, जलेश्वर, महोत्तरी सम्पर्क मोबाइल: ९5५४०२११५१'

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार पुस २३ गते शुक्रबार एक हजार ३८५ जनाको नमुना परीक्षण गर्दा १५८ मा कोरोना पोजेटिभ देखिएको छ । यसरी संक्रमित हुनेमा आधाभन्दा बढी भारतबाट फर्किएकाहरु नै रहेको उनले बताए । २४ गते एक हजार ३८० जनाको नमुना परीक्षण गर्दा १३३ जना र २५ गते एक हजार ६० जनामा परीक्षण गर्दा ६२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । त्यस्तै सोमबार १ हजार ६ सय १७ को नमुना परीक्षण गर्दा १५९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।