कोरोनाको नयाँ स्ट्रेन ‘डेल्टाक्रोन’बाट साबधान – Jaleshwortoday

कोरोनाको नयाँ स्ट्रेन ‘डेल्टाक्रोन’बाट साबधान

 २८ पुष २०७८, बुधबार ००:२२  
Education

कोरोनाभाइरसको एउटा नयाँ स्ट्रेन पाइएको छ जसको विषयमा अनुसन्धाताले यसमा डेल्टा र ओमिक्रोनका दुबै भेरियन्टको लक्षण भएको दाबी गरेका छन् । यसलाई युनिभर्सिटी अफ साइप्रसका अनुसन्धनकर्ताले ‘डेल्टाक्रोन’ नाम दिएका छन् । कोरोनाको नयाँ स्ट्रेन डेल्टाक्रोनको खोज युनिभर्सिटी अफ साइप्रसको ल्याबोरेटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिक्यूलर भाइरोलोजीका हेड तथा बायोलोजिकल साइन्सेजका प्राध्यापक लियोनडिओस कोस्त्रिकिसको नेतृत्व रहेको समूहले गरेको हो । नयाँ स्ट्रेन डेल्टाक्रोनको विषयमा प्राध्यापक कोस्त्रिकिसले भने, ‘यो ओमिक्रोन र डेल्टाको को–इन्फेक्सन हो र हामीले जुन स्ट्रेन पाएका छौँ त्यसमा यी दुबैको सम्मिश्रण छ । यो खोजलाई डेल्टाक्रोन नाम दिइएको छ किनभने डेल्टा जिनोमभित्र ओमिक्रोनजस्तो जेनेटिक लक्षण भेटिएको छ ।’अनुसन्धाताका अनुसार साइप्रसमा हालसम्म २५ जनामा कोरोनाको नयाँ स्ट्रेन डेल्टाक्रोन पाइएको छ ।

May be an image of motorcycle and text that says '*YAMAHA JAPANESE INNOVATION e ALL NEPAL SHOWROOM EXCHANGE change 30 POUSH25 & UPGRADE RIDE INTO THE NEW YEAR 2022 witha BRAND NEW YAMAHA FZ5 YAMAHA FREE ACCESSORIES SURE SHOT CASH DISCOUNT Rs. 7,000/- GUARANTEED ADDITIONAL RS. 10,000/- SPOT FINANCE VALUATION BRAND, ANY CONDITION INTEREST, LOW DOWNPA LOW EMI Finance Poweredb MAW INVESTMENT PVT.LTD. www.yamaha.com.np f Yamaha जलेश्वरनाथ अटोमोबाईल्स, जलेश्वर, महोत्तरी सम्पर्क मोबाइल: ९5५४०२११५१'

प्राध्यापक कोस्त्रिकिसले साइप्रसमा नयाँ स्ट्रेनद्वारा संक्रमित २५ जनामध्ये ११ जना अस्पताल भर्ना भएको जानकारी दिए । कोरोनाको नयाँ स्ट्रेन डेल्टाक्रोन यस्तो समयमा पाइएको छ जब ओमिक्रोनका कारण संसारभरी कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धि भइरहेको छ । यस्तो समयमा अर्को एउटा कोरोनाको स्ट्रेनले निश्चित रुपमा अर्को विपत निम्त्याए सरह हो । यद्यपि, यो नयाँ स्ट्रेनबारे अनुसन्धान सुरुवाती चरणमा छ । साइप्रसले ७ जनवरीमा नै डेल्टाक्रोन भेरियन्ट भेटिएका २५ जनाको स्याम्पल थप अनुसन्धानका लागि न्क्ष्क्ब्क्ष्म् लाई पठाएको छ । न्क्ष्क्ब्क्ष्म्रु इन्फ्लूएन्जा र कोरोना भाइरसमा परिवर्तन्को ट्र्याक गर्ने अन्तर्राष्ट्रिय डाटाबेस हो । साइप्रसका प्राध्यापक कोस्त्रिकिसले डेल्टाक्रोनको खतराको विषयमा जानकारी दिँदै भने, ‘यो स्ट्रेनले धेरैलाई संक्रमित गर्छ वा यो धेरै संक्रामक छ अथवा यो डेल्टा र ओमिक्रोनभन्दा बढी आक्रामक होला भन्नेबारे सटिक जानकारी भविष्यमा पत्ता लाग्नेछ ।’ विश्व स्वास्थ्य संगठन कोरोनाभाइरसको हरेक नयाँ भेरियन्टमाथि निगरानी राखिरहेको छ र त्यसको गम्भीरताको हिसाबले उसको श्रेणी निर्धारित गर्ने गर्छ । जस्तै डेल्टा र ओमिक्रोनलाई डब्ल्यूएचओले ‘भेरियन्ट अफ कन्सर्न’ घोषित गरेको छ अर्थात् यी दुबै भेरियन्ट चिन्ताजनक श्रेणीमा छ । साइप्रसमा पाइएको डेल्टाक्रोन बारेडब्ल्यूएचओले हालसम्म केही भनेको छैन । अर्थात्, साइप्रसका अनुसन्धाताल डेल्टाक्रोन नाम दिएको स्ट्रेनबारे कुनै आधिकारिक बयान भने दिएको छैन । केही विशेषज्ञले साइप्रसका वैज्ञानिकले डेल्टाक्रोन भेरियन्ट भेटिएको दाबीमाथि प्रश्न उठाएका छन् । लण्डनस्थित इन्पेरियल कलेज अफ भाइरोलोजिस्ट टम पिककले डेल्टाक्रोन प्रयोगशालामा भएको प्राविधिक गल्ती भएको बताउँदै यो नयाँ स्ट्रेन नभएको दाबी गरे । उनले भने, ‘कुनै नयाँ भेरियन्टसँग मिलेर नयाँ भेरियन्टको निर्माण गर्नका लागि ओमिक्रोन अहिले नै यति ठूलो जनसंख्यामा फैलिसकेको छैन ।’ उनले थपे, ‘ओमिक्रोन फैलिएको केही हप्ता मात्रै भएको छ त्यसैले कुनै अन्य भेरियन्टको सम्मिश्रणसँग मिलेर नयाँ भेरियन्ट बन्न सक्ने सम्भावना निकै न्यून छ ।’ यस्तै, डेल्टाक्रोनको खोजी गर्ने समूहका प्रमुख साइप्रसका प्राध्यापक लियानडिओस कोस्त्रिकिसले डेल्टाक्रोन ‘ल्याब इरर’ नभएको दाबी गरेका छन् ।