जलेश्वरटुडे समाचारदाता
धनुुषा, २८ आश्विन
धनुषाको बटेशवर गाउँपालिकामा मगही भाषा सास्कृती तथा जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । उज्जवल युवा क्लवद्धारा आयोजित कार्यक्रममा संघीय सांसद उमाशंकर अरगरियाले मगही भाषा भाषीको जनसंख्या बढी भएर पनि मगही भाषालाई उपेक्षा गरिएको बताए । उनले मगहीको राजनिती स्तरमा कुनै संरक्षण सम्बर्द्धन नरहेको बेला सिंगो संसदमै एक्लै अवाज उठाउँदै आएको बताउँदै अगामी दिनमा समेत आवाज उठाइरहने बताए । कार्यक्रमको बिशिस्ट अतिथी नबल किशोर शरणले मधेसको अस्तित्वसंग जोडेको यो क्षेत्रको भाषा मगही भाषा र सास्कृती रहेकाले यसको संरक्षण आवश्यक रहेको बताए । कार्यक्रममा मगही गीतमा नृत्य ,लोग गीत , गायन झाखी ,लगायतका मगही सास्कृतिका गाथाहरु टीमद्वारा प्रदर्शनी गरिएको थियो ।