जय हो माता जानकी,जलेश्वर टुडे राष्ट्रिय दैनिकले २०७८ साल माघ ३ गते सोमबार लेखेको सम्पादकीय अनुसार हजुुरसँग माँगेको कृपा माननीयहरुको मनमस्तिष्कमा राम्रोसँग बसी आज स्थायी राजधानी जनकपुरधाम र नामाकरण समेत मधेस प्रदेश भएको छ । जलेश्वर टुडे रा. दैनिकले गरेको दुबै भविष्यवाणी आज पुरा भएको छ । जय जय माता जानकी । यसरी हामी सबैलाई कृपा र रक्षा गर्नुहोला । आज नेपाल सद्भावना पार्टीका संस्थापक स्व.गजेन्द्र नारायण सिंह तथा मधेसी वीर शहिदहरुलाई विधिवत रुपमा माननीयहरुले श्रद्धाञ्जलि अर्पण गरेको महसुस गर्न सकिन्छ । सबै माननीयहरु,जनकपुरधाम उद्योग बाणिज्य संघ,सहयोगीहरु,यस प्रदेश २ का जनताहरु तथा मधेसी भूभागमा बस्ने २२ जिल्लाका मधेसीहरु धन्यबादका पात्रहरु छन् । नव मधेस प्रदेशको बृहत विकासका क्षेत्रहरु सिघ्र सकारात्मक रुपमा अगाडी बढने हाम्रो विश्वास रहेको छ । यहाँ विभिन्न लगानीकर्ताहरु विभिन्न क्षेत्रमा लगानी गर्न आतुर हुने आशा गर्न सकिन्छ । स्वाभाविक रुपमा यस प्रदेशमा बस्ने सम्पूर्ण नागरिकहरुको छाति गर्वले फराकिलो भएको छ । यसले भावी सन्ततिहरुमा समेत सकारात्मक तथा ऐतिहासिक उर्जा तथा पहिचान थप्ने विश्वास गर्न सकिन्छ । मधेस प्रदेशको राजधानी अन्यत्र भन्दा जनकपुरधाम हुनु सम्पूर्ण मिथिलाबासी तथा मधेसीहरुलाई सम्मान भएको बुझनुपर्दछ । यसमा असन्तुष्टिको कुनै ठाउँ नरहेको विपक्षी प्रस्तावकहरुसँग आग्रह गर्न चाहन्छु । यो सबै देशबासीको जित हो । जलेश्वर टुडे राष्ट्रिय दैनिक तथा अनलाईन सबै सरोकारबालाहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।