महोत्तरीको रानी रतबारा बिरुद्ध गोरी गम्मा क्रिकेट टीमको शानदार जित – Jaleshwortoday

महोत्तरीको रानी रतबारा बिरुद्ध गोरी गम्मा क्रिकेट टीमको शानदार जित

 ४ माघ २०७८, मंगलवार ०६:११  
Game

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३ माघ

महोत्तरी गाउँपालिकाद्वारा आयोजित चौथो वीर शहिद राम विवेक क्रिकेट टुर्नामेण्ट—२०७८ खेल अन्तर्गत सोमबार रानी रतबारा विरुद्ध गोरीगम्मा टीम ३ विकेटले शानदार जित हात पारेका छन् ।
यो खेल मंसिर २९ गते बुधबारदेखि संचालन भएको स्थानिय जाहिर राइनले जानकारी गराए । शुरुमा खेल बराबरीमा देखिए पनि मध्य समयमा गोरीगम्मा टीमले ३ विकेटले जित हासिल गरेका थिए । अन्तिम फाइनल खेल माघ १० गते सोमबार गोरी गम्मा र महोत्तरी टीमले खेल्ने भएको छ । दुबै टीमहरु सबल रहेकाले त्यस दिनको खेल ज्यादै नै मनोरञ्जनात्मक हुने विश्वास गरिएको छ ।