मधेसमा बलिदानी दिवस प्र्रत्येक माघ ५ गते मनाइने गरिन्छ । यो बलिदानी दिवस मधेसको लागि आफ्नो ज्यानको बलिदान दिएको ज्ञात—अज्ञात सम्पूूर्ण वीर शहीदहरुको सम्मान तथा श्रद्धाञ्जलि स्वरुप पर्वको रुपमा मनाइने गरिन्छ । प्रत्येक वर्ष झैं यस वर्ष पनि मधेस प्रदेश सरकारले माघ ५ गते सार्वजनिक बिदाको घोषणा समेत गरेका छन् । यो हाम्रा वीर शहीद प्रतिको सम्मान हो । भर्खरै माघ ३ गते प्रदेश २ को नामाकरण प्रदेश सभाले माननीयहरुको दुई तिहाई बहुमतबाट मधेस प्रदेश राखेर वीर शहीदहरु प्रति सम्मान नै हो । २०७८ बलिदानी दिवसको अवसरमा विभिन्न मधेसबादी दल तथा नेताहरुले विभिन्न ठाउँहरुमा विभिन्न तरिकाले यसलाई पर्वको रुपमा मनाइने परम्परा नै भईसकेको छ । त्यसैगरी स्व. गजेन्द्र नारायण सिंहद्वारा स्थापित नेपाल सद्भावना पार्टीको बलिदानी दिवस यस वर्ष सिरहा जिल्लाको लहानमा गर्ने भएको छ जहाँ रमेश महतोले मधेसको आन्दोलनको क्रममा प्रथम शहीद भएका थिए । वीर शहीदहरु हाम्रा पुजनीय हुन् । वहाँहरुकै कारण आज मधेसीहरुले आफ्ना धेरै जसो अधिकारहरु प्राप्त गर्न सकेका छन् । त्यसकारण यी वीर शहीदहरु आफ्ना शरीर त्यागेर गए पनि उनीहरु अमर छन् र सदैब अमर रहि रहने छन् । भावी वंशजले समेत वहाँहरुको कृतिलाई स्मरण गर्नेछन् ।