जलेश्वरटुडे समाचारदाता
धनुषा, ४ माघ
मधेश सरकारले प्रदेशमा बलिदानी दिवसको अवसरमा बुधबार सार्वजनिक विदा दिएका छन् ।
नाम र स्थायी राजधानी तय गरेको खुशीयालीमा मंगलबार सार्वजनिक विदा दिएको मधेश सरकारले बलिदानी दिवसको अवसरमा भोली पनि प्रदेशमा सार्वजनिक विदा दिएका छन् । मधेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएका छन् । यस वर्ष सप्तरीमा बलिदानी दिवस मनाउन लागेका छन् ।त्यसैगरी नेपाल सद्भावना पार्टी(नेसपा)ले सिरहाको लहानमा बलिदानी दिवस मनाउने तयारी सबै पुरा भएको पार्टी प्रवक्ता पवन कुमार साहले जानकारी गराउनुभयो । यस अवसरमा लहानमा महोत्तरी,धनुषा,सिरहा र सप्तरीको नेताहरु पुगेर भव्य रुपमा बलिदानी दिवस मनाउने कार्यक्रम रहेको छ । मंगलबार सयौं युवा तथा नवप्रवेशीहरुलाई प्रशिक्षण दिइएको नेसपा केन्द्रिय अध्यक्ष रामकुमार महतोले जानकारी गराउनुभयो । सोमबार प्रदेशसभामा भएको गोप्य मतदान पश्चात प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम भएपछि मधेश सरकारले त्यसको खुशीयालीमा मंगलबारका लागि विदा दिएका थिए ।