अरु ठाउँमा बन्द भए पनि महोत्तरीमा विद्यालय खोल्न अनुमति – Jaleshwortoday

अरु ठाउँमा बन्द भए पनि महोत्तरीमा विद्यालय खोल्न अनुमति

 ६ माघ २०७८, बिहीबार ११:३३  
edu

जलेश्वरटुुडे समाचारदाता
महोत्तरी, ५ माघ

नेपाल सरकारले माघ १५ गते सम्म विद्यालयहरु बन्द गर्न भनेपनि महोत्तरीमा विद्यालय खोल्न दिने भएको छ । स्थानीय प्रशासनले पूर्ण जिम्मेवारी लिएर सुरक्षित वातावरणमा पठनपाठन गराउन सके विद्यालय बन्द गर्न जरुरी नभएको निष्कर्ष निकालेका छन् । महोत्तरीको भारतसँग जोडिएको स्थानीय तहहरु सम्सी, जलेश्वर, मट्टीहानीजस्ता पालिकाहरूमा जोखिमका हिसाबले संवेदनशील भए पनि अन्य पालिकामा त्यति धेरै जोखिम नभएको स्थानीय सरकारहरूको दाबी छ । गौशाला नगरपालिकाले शिक्षण संस्था बन्द नगरी पठनपाठनलाई जारी राख्न निर्देशन दिइसकेको छ । गौशालाका नगरप्रमुख शिवनाथ महतोले ‘भने जति पाठयक्रम पनि नसकिएको र पटक–पटक बन्दले बालबालिकाको भविष्यमा नै प्रश्न चिन्ह खडा भइरहेकाले विद्यालय पठनपाठन सुचारु राख्ने निर्णय गरेको बताए । बर्दिवास नगरपालिकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्यको मापदण्ड पालना गरेर पठनपाठन सुचारु गर्न सक्ने निजी तथा सामुदायिक विध्यालयलाइ सल्लाह दिएको छ । त्यस्तै सम्सी गाउँपालिका, सोनमा गाउँपालिका, मट्टीहानी नगरपालिका, बल्वा नलरपालिका, महोत्तरी गाउँपालिका, जलेश्वर नगरपालिका, एकडारा गाउँपालिका, मनरासिस्वा नगरपालिका, लोहारपट्टी नगरपालिका जस्ता स्थानीय तहका कतिपय ठाउँमा अहिले पनि पठनपाठन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।