युुवा आत्महत्या रोकौंं – Jaleshwortoday

युुवा आत्महत्या रोकौंं

 २९ आश्विन २०७७, बिहीबार ००:१२  
editorial

अहिले तराईमा बलात्कारको घट्ना बढे सँगै युवा आत्म हत्या पनि बढेकोे देखिन्छ । युवाहरुमा रिस तथा महत्वाकाँक्षा अति नै भएको हुन्छन् । यिनीहरु बढी दिमाग भन्दा हृदयले काम गर्ने गर्छन्् । कुनै पनि असहमतिलाई तुरुन्तै स्वीकार गर्न चाहदैनन् । यिनीहरु क्षणिक स्वार्थका लागि ठूलो मूल्य चुकाउन पनि पछि हट्दैनन् ।
युवा आत्म हत्या रोक्नको लागि अभिभावकहरुले बढी भूमिका खेल्नुपर्ने आवश्यकता रहेको देखिन्छ। अभिभावकहरुले आफ्ना छोराछोरीहरुको पालनपोषणमा विशेष ध्यान दिनुपर्छ । उनीहरुलाई सानै देखि संस्कार तथा नैतिक शिक्षाको बारेमा जानकारी दिनुपर्छ । बढदै गएको उमेरसँगै उनीहरु को व्यवहारमा आएको परिवर्तनको पनि सूक्ष्म अध्ययन तथा अनुसन्धान समेत गर्नुपर्छ । उनीहरुको ईच्छा तथा आकाँक्षा समेतलाई अभिभावकले बुझ्ने प्र्रयास गर्नुपर्छ । हाम्रो समाजमा अहिले युवा आत्महत्याकोे धेरै कारणहरुमध्ये प्रेम पनि हो । प्र्रायः गरी २० देखि २५ वर्षको उमेरमा यिनीहरु एकअर्का प्रति आकर्षित हुने गर्दछन् । यिनीहरु एक अर्कालाई पाउनको लागि आफ्नो जिवन मरणको पनि प्रबाह गर्दैनन् । त्यसकारण यस विशेष उमेरलाई अभिभावकहरुले विशेष रुपमा ध्यान दिनुपर्छ । भनिन्छ खालि दिमाग सैतानको बास । अर्थात यस्ता प्रेमका कुुराहरु फुर्सदको समयमा हुने गर्दछन् । त्यसकारण खालि समयलाई अभिभावकहरुले फाइदाजनक तथा जिम्मेबारीपूर्ण काममा लगाएर यिनीहरुलाई गलत बाटोमा लाग्नबाट बचाउन सकिन्छ । यिनीहरुलाई समय समयमा विभिन्न घर गृहस्थीका कुराको बारेमा समेत जानकारी गराउनुपर्छ । आफ्नो सामाजिक दायित्वको बारेमा समेत जानकारी गराउनुपर्छ । मानविय व्यवहार र लक्ष्यको बारेमा समेत बताउनुुपर्छ ।