महोत्तरीमा एमालेको अधिवेशन फेरि स्थगित – Jaleshwortoday

महोत्तरीमा एमालेको अधिवेशन फेरि स्थगित

 ६ माघ २०७८, बिहीबार २३:२०  
Emale

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ६ माघ

नेकपा एमालेको जिल्ला अधिवेशन महोत्तरीमा पुनः स्थगित भएको छ । बुधबार र बिहीबार हुने भनिएको जिल्ला अधिवेशन कोरोनाको कारण देखाउँदै रोकिएको छ । नेपाल सरकारले २५ जनाभन्दा बढीलाई भेला हुन नहुन, सभा, सम्मेलन नगर्न निर्देशन जारी गरेपछि अधिवेशन स्थगित गरिएको एमालेले जनाएको छ । यहाँका एक थरिका नेताहरुले अधिवेशनको तयारीका लागि बनाइएको जिल्ला आयोजक कमिटीमा विवाद नहुन्जेल अधिवेशन हुनै नसक्ने भनिरहेका छन् भने केही नेताहरूले आयोजक कमिटी बनाएर सपथग्रहणसमेत गराइसकिएको दाबी गरेका छन् । एमालेका पोलिटब्युरो सदस्य तथा महोत्तरीका नेता रामदयाल मण्डलले एमालेभित्रै आयोजक कमिटी बनाएर अधिवेशनको पूर्ण तयारी रहेका बेला कोरोनाको कारण नै स्थगित भएको दाबी गरे । उनले विधि र विधानअनुसार नै आयोजक कमिटीलाइ सपथ खुवाएको जिकिर गरे । यता अर्का केन्द्रीय सदस्य सरोज यादवले सपथग्रहण असहमतिमै खुवाएको हुँदा यो पूर्णतः अवैधानिक र अव्यावहारिक भएको दाबी गरेका छन् । महोत्तरीमा एमालेको अधिवेशनको तयारी नपुगेको भन्दै पुस २४ र २५ गते गर्नुपर्ने अधिवेशन माघ ५ र ६ गतेका लागि निर्धारण गरिएको थियो ।