
जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १० माघ
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल भित्रको विवाद उत्कर्षमा पुगेको छ । नेपाल सद्भावना पार्टी नेपालका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको २० औं पुण्यतिथिको अवसरमा लोसपाका अध्यक्ष अध्यक्ष महन्थ ठाकुरले आयोजना गरेको कार्यक्रममा सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो बहिष्कार गरेका हुन् । अध्यक्ष ठाकुरले बबरमहलस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई बहिष्कार गरि अध्यक्ष महतोले आफ्नो पार्टी सम्पर्क कार्यालयमा छुट्टै कार्यक्रमको आयोजना गरेका छन् । अनामनगरस्थित कार्की भवनमा नेता महतोको सम्पर्क कार्यालय रहेको छ । उनी पार्टी कार्यालय नगई कार्की भवनमा बसेर आफ्ना पार्टीका सम्पूर्ण गतिविधि गरिरहेका हुन्छन् । आन्तरिक विवादका कारण दुई नेताबीच पछिल्लो समय बीचमा दुरी बढ्दै गइरहेको छ । यसअघि माघ ५ गते बलिदानी दिवसको अवसरमा अध्यक्ष ठाकुरले आयोजना गरेको कार्यक्रमलाई पनि नेता महतोले बहिष्कार गरेका थिए ।