कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपाल समेत फैलिसकेको कारण यहाँका नागरिकले साबधानी अपनाउन जरुरी छ । खुल्ला नेपाल भारत सिमानाका कारण तथा अनियन्त्रित व्यवस्थापनका कारण नेपालमा समेत यसको संक्रमणको दर बढने देखिन्छ । प्रायजसो नेपाली नागरिकले कोरोनाको खोप लगाई सके पनि १२ वर्षमुनिका बालबालिका तथा सघन रोगका बिरामीहरुले खोप लगाउन बाँकी रहेकाले सोको व्यवस्थापन गर्नमा केन्द्र सरकारले प्र्राथमिकता दिन जरुरी छ । यो भेरियण्ट कोरोना भन्दा बढी नै खतरनाक रहेको विश्व स्वास्थ्य संंगठनको ठहर रहेको छ । अहिले सार्वजनिक तथा नीजि विद्यालयहरु बन्द रहे पनि अन्य क्षेत्रहरु अनियन्त्रित रहेकाले यस ठाउँहरुमा समेत समाजिक दुरी,मास्कको प्रयोग र सेनिटाइजरको प्रयोगमा नियमितता देखाउनु जरुरी देखिन्छ । किनभने रोग लाग्नु भन्दा पहिले नै निदान खोज्नु तथा शतर्कता अपनाउनु बुद्धिमानी भएकोले सबैले यसको पालना गर्न आवश्यक छ । यसबारे तीनै तहको सरकारले तयारी अवस्थामा बस्न जरुरी रहेको छ । साथै यहाँका नागरिकहरुले समेत आ—आफ्नो ठाउँबाट सुरक्षित रहन आवश्यक छ । अहिले सिमानाकाहरु पूर्ण रुपमा अस्थायी रुपमा बन्द गरी संक्रमित देशहरुसँगको हबाई सेवा रोक्न आवश्यक छ ।