जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ११ माघ
विद्यार्थीहरूलाई कोरोना विरूद्ध खोप लगाउन देशभरका विद्यालय पाँचदिनका लागि खुल्ने भएको छ ।
विद्यार्थीहरुलाई भ्याक्सिन दिनका लागि सरकारले माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । देशैभरका विद्यालय छ दिन खुल्ने र त्यो बेला सबै विद्यार्थीलाई खोप लगाउनुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कोरोना बढेपछि सरकारले विद्यालय बन्द गरेको थियो । स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्ने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । मन्त्रालयले सूचना निकालेर विद्यार्थीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ। सरकारले खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने तयारी गरेको छ ।