जलेश्वरटुडे समाचारदाता
धनुषा, १२ माघ
मधेश प्रदेशबाट अन्य तर्फ सत्ता गठबन्धनका उम्मेदवार खालिद सिद्धिकी विजय भएका छन् । जनता समाजवादी पार्टी जसपाका सिद्धिकी ६६७८ मतभार सहित विजयी भएका हुन् । उनी सिरहाका हुन् । एमाले लोसपा गठबन्धनका उम्मेदवार उसमान अन्सारी पराजित भएका छन् । एमालेका उसमान अन्सारी मात्र २७६६ मत भार ल्याउन सफल भए । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य अन्य र महिला तर्फ गरि दुइजनाको लागि भएका निर्वाचन भएको हो । महिला तर्फ सत्ता गठबन्धनकि उम्मेदवार उर्मिला अर्याल विजयी भएकी हुन् । उनी ६ हजार १५६ मतभार सहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी एमाले–लोसपा गठबन्धनबाट महिलातर्फकी उम्मेदवार रुपाकुमारी यादवले ३ हजार २२८ मतभार ल्याएकी हुन् । यादव लोसपाबाट उम्मेदवार हुन् । मधेश पदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ गरी कूल ९ हजार ८१६ मतभार रहेको छ । जम्मा ३७२ मतदाता रहेकामा ३६६ मत खसेको थियो ।स्थानीय तहमा २६८ मा २६४ खसेको थियो भने प्रदेश सांसद १०४ मा १०२ मत खसेको थियो ।