भारतको ७३ औं गणतन्त्र दिवस – Jaleshwortoday

भारतको ७३ औं गणतन्त्र दिवस

 १२ माघ २०७८, बुधबार २२:४६  
Education

ब्रिटिश साम्राज्यबाट मुक्त भएर सार्वभौम अधिकार सम्पन्न भारत सरकारले सन् १९५० को जनवरी २६ तारिखमा संविधान जारी गरेको थियो । सोही दिनको सम्झनामा भारतले हरेक वर्ष जनवरी २६ तारिखमा गणतन्त्र दिवस मनाउने गर्दछ । यस वर्ष भारतले ७३ औं गणतन्त्र दिवस मनाएका छन् । संविधानविद्को अनुसार भारतको संविधानमा अहिलेसम्म भारत एउटा राज्यको रुपमा संज्ञा दिइएको हो । भारत एउटा देश वा राष्ट्र हो भनेर कहि पनि लेखिएको छैन । भारतको संविधानको लेखनको नेतृत्व प्रधानमन्त्री पं.जबाहर लाल नेहरुले गरेको थियो जस अन्तर्गत वहाँले ६ जनालाई त्यस लेखन समुहमा चयन गर्नु भएको थियो । संविधान तयार भईसके पछि मात्र डा.अम्बेडकरलाई हेर्नको लागि दिइएको थियो । यो सत्य धेरैलाई थाहा नहुन सक्छ । भारत सार्वभौम अधिकार समपन्न भए पनि भारतको विधान सभामा अहिले पनि ब्र्रिटेनको २ जना राख्ने कानुन नै छ जस अनुसार अहिले सम्म यो प्रथा चल्दै आएको छ । भारत ब्रिटेनबाट आजाद भए पनि अहिले पनि भारत ब्रिटेनको राज्यको रुपमा शासित छन् भन्ने कुरा संविधानबिद्हरुको रहेको छ । यो वास्तवमा अहिले पनि खोज र अनुसन्धानको विषय हो । यसलाई कतिले पत्याउँछ भने कतिले नपत्याउन पनि सक्छ तर यथार्थ त यथार्थ हो ।