
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १३ माघ
जनकपुरधाममा जलेश्वर अस्पतालका मेसुलाई घाइते बनाउनेलाई कारवाही गर्न सरकारी चिकित्सक संघ (गोदान)ले माग गरेको छ । बिहिवार एक विज्ञप्ति जारी गर्दै गोदानले डा. सतिश साहमाथि कुटपिट गर्नेहरूविरुद्ध मानवअधिकार हनन, ज्यान मार्ने प्रयास र अत्यावश्यक सेवामा अवरोधको मुद्दा चलाउन माग गरेको छ । गोदानले उनीहरूलाई नियमानुसार गैरजमानी हिरासतमा राखी कारबाही गर्न पनि माग गरेको छ ।गोदानले डा. साह माथि भएको घटनाले स्वास्थ्यकर्मीलगायत सम्पूर्ण राष्ट्रसेवकको मनोबल घटाउने ठहर गरेको छ । बुधवार राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मधेश प्रदेशमा भइरहेको निर्वाचन बिथोल्नका लागि डा. सीके राउत नेतृत्वको जनमत पार्टीले कयौँ गाडीमा तोडफोड गरेको थियो । बर्दिबास जाँदै गरेका डा. सतिश साहको गाडीमा तोडफोड गरेका थिए । सोही क्रममा डा. साह घाइते भएका थिए ।