महोत्तरीमा कोरोनाको तेस्रो लहरमा १६६ जना संक्रमित – Jaleshwortoday

महोत्तरीमा कोरोनाको तेस्रो लहरमा १६६ जना संक्रमित

 १४ माघ २०७८, शुक्रबार २३:१८  
Omicrone

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १४ माघ

महोत्तरीमा कोरोना भाइरसको तेस्रो लहरमा अहिलेसम्म १६६ जना संक्रमित भएका छन् । त्यस्तै एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । जिल्लामा स्वास्थ्यकर्मी तथा सर्वसाधारणमा संक्रमण भए पनि अहिलेसम्म ओमिक्रोन भाइरस भने पुष्टि नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । तेस्रो लहरमा एक जनाको मृत्यु र १६६ जनामा संक्रमन देखिए पनि गम्भीर प्रकारका लक्षण र अस्पतालमा नै भर्ना हुनुपर्ने अवस्था नदेखिएको जिल्ला कोभिड फोकल पर्सन प्रतिभा सिंहले बताइन् । महोत्तरीमा दोस्रो लहरमा ८५ जनाले ज्यान गुमाएका थिए भने ३२ सय ७५ जना संक्रमित बनेका थिए ।