शहिद दिवसको अवसरमा नेसपाद्वारा राजधानीमा श्रद्धाञ्जलि सभाको आयोजना – Jaleshwortoday

शहिद दिवसको अवसरमा नेसपाद्वारा राजधानीमा श्रद्धाञ्जलि सभाको आयोजना

 १६ माघ २०७८, आईतवार २३:४२  
sahid

जलेश्वरटुडे समाचारदाता
धनुषा, १६ माघ

 

May be an image of 2 people

मधेस प्रदेशको राजधानी जनकपुरधामको जनक चौकमा नेपाल सद्भावना

May be an image of 9 people, people standing and outdoors

पार्टी(नेसपा) द्वारा आज एक कार्यक्रम वीच श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ ।

May be an image of 7 people, people standing and outdoors

माघ १६ गते शहिद दिवसको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि विभिन्न कार्यक्रमहरु गरी नेसपाका नेताहरुले राजधानी सहित विभिन्न जिल्लाहरुमा वीर शहिदको सम्मान स्वरुप श्रद्धाञ्जलि सभाको आयोजना गरेको नेसपा सूचना तथा संचार प्रमुख पवन कुमार साहले जानकारी गराउनुभयो ।

May be an image of 7 people and people standing
राजधानी जनकपुरधाममा नेसपा धनुषा जिल्ला उपाध्यक्ष अशिष गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा वीर शहिदको तस्विरमा अगरबति ,माला,पुष्प तथा अविर चढाई सम्मान गरिएको थियो । वीर शहिदको स्मरणमा मैनवति समेत जलाई श्रद्धाञ्जलि अपर्ण गरिएको थियो ।

May be an image of 3 people, people standing and outdoors

नेसपा केन्द्रिय अध्यक्ष राम कुमार महतोले वीर शहिदकोे स्मरण गर्दै वीर शहिदहरु प्रति श्रद्धाञ्जलि अर्पण गर्दै वीर शहिदको गाथाको बारेमा चर्चा गर्नुभयो । वहाँले वीर शहिदले मधेसको लागि गरेको बलिदान खेर नजाने तथा नेपाल

May be an image of 5 people and people standing

सद्भावना पार्टी शहिदको सपना पुरा गर्नमा कुने पनि कसर नछोड्ने बाचा समेत गर्नुभयो । त्यसैगरी नेसपा के.उपाध्यक्ष डा.मिश्रि मण्डलले वीर शहिद प्रति

May be an image of 7 people and people standing

श्रद्धाञ्जलि अर्पण गर्दै देशमा व्याप्त विभिन्न समस्याहरुको समाधानको लागि अहिलेको सरकार उदासिन रहेको आरोप लगाउँदै वीर शहिदको सपना अधुरो रहेको बताउनुभयो । यसको लागि नेपाल सद्भावना पार्टी सदैब अग्रसर रहने बताउनुभयो

May be an image of 7 people, people sitting, people standing and road

। केन्द्रिय सदस्य विरेन्द्र महतो ,युवा मञ्च मधेस प्रदेश अध्यक्ष राज कुमार चौधरी,नेसपा हँसपुर नगरपालिका संयोजक रामचन्द्र भण्डारी,मिथिला बिहारी

May be an image of 7 people, people standing and outdoors

नगरपालिका संयोजक गंगा यादव,धनुषा जिल्ला सदस्य सरिता पासवान लगायतका नेताहरुले वीर शहिदको यादमा श्रद्धाञ्जलि मन्तब्य राख्नुको साथै वीर शहिदहरु प्रति श्रद्धाञ्जलि समेत अर्पण गर्नुभयो ।

May be an image of 5 people, people standing and outdoorsकार्यक्रममा नेसपाका धनुषा जिल्लाका दर्जनौ नेता तथा नेतृहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन नेसपा प्रवक्ता पवन कुमार साहले गर्नुभयो भने समापन धनुषा उपाध्यक्ष गुप्ताले गर्नुभयो ।

May be an image of 7 people, people standing, people sitting and outdoors

May be an image of 9 people, people standing and outdoors