
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २१ फागुन
मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत चौथो दिन महोत्तरीको मटिहानीमा परिक्रमाको यात्री टोली पुग्ने भएपछि परिक्रमा यात्रीको स्वागतमा आईतबार सार्वजनिक विदा दिइएको हो भने भोलि सोमबार जलेश्वर आउने भएको छ । सो अवसरमा जलेश्वर न.पा.ले पनि सार्वजनिक विदा दिएका छन्् । १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा चौथो दिन आईतबार मटिहानीमा विश्राम गर्ने हुँदा मटिहानी नगरभर सार्वजनिक विदा दिएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए । उनका अनुसार विदाका दिन विद्यालय र सार्वजनिक संघ–संस्था बन्द रहने छ । त्यसैगरी जलेश्वर नगरपालिकाको मेयर रामशंकर मिश्रले समेत यात्रीलाई सत्कार तथा स्वागत गर्न सार्वजनिक विदा दिइएको बताए । धनुषाको कचुरीबाट डोलासहित परिक्रमा यात्रीहरु हनुमानगढीमा प्रस्थान पछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ । त्यसपछि कल्याणेश्वर हुँदै शनिबार परिक्रमा यात्रीहरु फुलहर पुगेका छन् ।