कांग्रेस महोत्तरी सभापतिमा नागेश्वर यादव चयन बजरंग नेपाली ३ सय ६ मत ल्याएर तेस्रो स्थानमा – Jaleshwortoday

कांग्रेस महोत्तरी सभापतिमा नागेश्वर यादव चयन बजरंग नेपाली ३ सय ६ मत ल्याएर तेस्रो स्थानमा

 २२ फाल्गुन २०७८, आईतवार ०१:२३  
Yadav

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २१ फागुन

नेपाली कांग्रेसको महोत्तरी सभापतिमा नागेश्वर यादव चयन भएका छन् । शुक्रबार भएको निर्वाचनमा ३ उम्मेदवारमध्ये कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापति चयनका लागि दोस्रो चरण चुनाव गर्नुपर्ने अवस्था आएको थियो । तर प्रतिस्पर्धी सुशील यादवको समूहले नागेश्वर यादवलाई समर्थन गरेपछि उनी सर्वसम्मत जिल्ला सभापतिमा चयन भएका हुन् । पहिलो चरणको चुनावमा जिल्ला सभापतिका तीन उम्मेदवारमध्ये नागेश्वर यादवले सबैभन्दा बढी १ हजार ११, सुशील यादवले ७ सय ७९ र बजरङ्ग नेपालीले ३ सय ६ मत प्राप्त गरेका थिए । पहिलो चरणमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनको अवस्था आएकोमा मतदानमा दोस्रो स्थान प्राप्त गरेका उम्मेदवारले पहिलो उम्मेदवारलाई समर्थन गरेपछि निर्वाचनबिनै सभापति चयन भएको हो ।