
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २२ फागुन
मिथिला माध्यमिकी परिक्रमा सोमबार जलेश्वर आउने भएको छ । सो अवसरमा जलेश्वर न.पा.ले सार्वजनिक विदा दिएका छन्् । १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा पाचौ दिन जलेश्वरमा विश्राम गर्ने हुँदा जलेश्वर नगरभरी सार्वजनिक विदा दिएको नगरप्रमुख राम शंकर मिश्रले जानकारी गराए । उनका अनुसार विदाका दिन विद्यालय र सार्वजनिक संघ–संस्था बन्द रहने छ । त्यसैगरी मिश्रले श्रद्धालुहरुको सत्कारमा कुनै पनि कमी नगर्न नगरबासीमा अपिल समेत गरेका छन् । धनुषाको कचुरीबाट डोलासहित परिक्रमा यात्रीहरु हनुमानगढीमा प्रस्थान पछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ । त्यसपछि कल्याणेश्वर,फुलहर हुँदै आइतबार परिक्रमा यात्रीहरु मटिहानी पुगेका छन् ।