जलेश्वरटुडे समाचारदाता
धनुषा, २४ फागुन
मधेस प्रदेशको राजधानी जनकपुरधामको माछापालनदेखि पूर्व स्थापित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल जनकपुरधामकै एउटा उदाहरणीय विद्यालय रहेको अभिभावक देवता झाले बताइन् ।
११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कार्यक्रमको अध्यक्षता गरेकी उपप्रधानाध्यापक सोनी साह लगायत विद्यालयका महिला शिक्षक तथा
कर्मचारीहरुले मिलेर यस विद्यालयको ७० वर्षिय अभिभावक देवता झालाई माला,टीका लगाई मायाको चिनोले सम्मान गरिएको थियो । त्यसैगरी
विद्यालयका महिला शिक्षक तथा कर्मचारीहरुलाई केटी विद्यार्थीहरुबाट टीका तथा माला लगाई सम्मान गरिएको थियो । उपस्थित विद्यार्थीहरुले समेत घरबाट
ल्याएका विभिन्न कोसेली ,कलम,माला,फुलले आफ्ना गुरुआमाहरुलाई सम्मान गरेका थिए ।कार्यक्रममा वरिष्ठ शिक्षक विन्देश्वर लाल कर्ण,विवेकानन्द झा तथा
प्र.अ.पवन कुमार साहले नारीहरुको योगदानको प्रशंसा गर्दै महिलाहरु अहिले पनि अधिकार पाउनबाट बञ्चित रहेको बताउनुभयो । वहाँहरुले महिला
अनादिकालदेखि देवीको रुपमा पुजा गरिदै आएका छन् भने महिलाको अधिकारको संरक्षण र प्र्रबद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । त्यसैगरी गुरुआमा
ललिता कर्ण तथा रागनी ठाकुरले विद्यालयले यसरी गरेको सम्मानको प्र्रशंसा गर्दै यो क्षण अविस्मरणीय रहने बताउनुभयो । त्यसैगरी यस अवसरमा कक्षा ४,२
र यु.के.जी.का विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने कक्षा ५ का जय राम यादवले नारी दिवसको बारेमा विचार राखेका थिए । कार्यक्रममा अन्य
अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो ।