
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २४ फागुन
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मरनी देवीलाई मटिहानी नगरपालिकाले सम्मान गरेको छ । २०५८ सालमा बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाई कटपिट गरी गम्भीर घाइते बनाइएकी मरनीलाई नगरपालिकाले दोसल्ला र ५० हजार नगद सहित सम्मान गरेको छ । ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मंगलवार मटिहानी– ९ सिमरदहीकी मरनी देवीलाई सम्मान गरिएको हो । मटिहानी नगरपालिकाका उप–प्रमुख शिवो देवी साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार शर्मा, कार्यपालिका सदस्यज्युहरु, महिला वड़ा सदस्यज्यूहरु, ओरेक नेपालका लीला दयाली लगायतका कर्मचारीहरुको सहभागीता रहेको थियो ।