जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २७ फागुन
१५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी पुनः एक महिलाको मृत्युु भएको छ ।
महोत्तरीको भंगाहा नगरपालिका –३ भंगाहा टोल बस्ने ५५ वर्षीया तिलिया देवी मुसहरको मृत्युु भएको हो ।
भंगाहा नगरपालिका –९ कन्चनवन स्थित रहेको आधारभुत विद्यालयमा बिश्राम गरेकोमा बिहान मृत अवस्थामा आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।घटना विषयमा अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ । यसअघि परिक्रमामै सहभागी तीर्थालु भारतीय एक महिलाको मठिहानीबाट जलेश्वर आउने क्रममा मृत्युु भएको थियो ।