धनुषाको सबैलामा जसपाको पार्टि प्रवेश कार्यक्रम समपन्न – Jaleshwortoday

धनुषाको सबैलामा जसपाको पार्टि प्रवेश कार्यक्रम समपन्न

 १ कार्तिक २०७७, शनिबार ११:५३  
Partyprabesh

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३० आश्विन

जनता समाजवादी पार्टी को धनुषाको सबैलामा पार्टि प्रवेश कार्यक्रम समपन्न भएको छ । कोरोना संंक्रमणको प्रकोप दिनदिनै बढ्दैजाँदा पनि नागरिकको स्वास्थ्य सुरक्षाको ख्याल नगरी जसपाका केन्द्रिय नेताहरु हजारौंको भीड गरी सभासम्मेलन तथा पार्टी प्रवेशका कार्यक्रमलाई निरन्तराता दिएका हुन् ।

शुक्रबार जसपाका केन्द्रिय नेताहरु राजेन्द्र महतो, अनिल झा, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल लगायतका नेताहरु धनुषाको सबैलामा ठूलो संख्यामा सर्वसाधारणलाई भेला परेर पार्टी प्रवेश कार्यक्रम गरेका छन् । जसपाका नेताहरुले माहामारीलाई भुलेर राजनीतिक कार्यक्रम गरेको यो पहिलो घटना भने होइन ।२७ असोजमा पर्साको पकहामैनपुर गाउँपालिकामा यसरी नै पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो ।

जोखिम बढेपछि मूलुकमा दैनिक हजारौंको संख्यामा कोरोना संक्रमित भेटिन थालेका छन् भने दैनिक दर्जनभन्दा बढी नागरिकको ज्यान जाने गरेको छ । कोरोना महामारी जस्तो संक्रमणको जोखिममा प्रदेश २ सरकारको नेतृत्व गरिरहेकै जसपाले मुख्यमन्त्री तथा मन्त्रीहरुकै उपस्थितिमा हजारौंको भीडभाड गरेर गर्ने गरेको सभासम्मेलनको चौतर्फी आलोचना हुने गरेको छ ।