जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १ चैत्र
राष्ट्रिय समावेशी आयोगले पिछडा वर्गहरुको जात तथा थरहरूको सूचीकरणका लागि सुझाव पेश गर्न सूचना जारी गरेको छ । आइतबार जारी गरिएको सूचनामा आयोगले तयारी गरेको पिछडा वर्गको जात तथा थरको सूचीमा कुनै जात र थर छुटेको भए छुट भएका जात तथा थर थप गर्न र कुनै जात र थर दोहोरिएको वा नपर्नुपर्ने जात र थर परेको भए त्यसलाई हटाउनका लागि सम्बन्धित व्यक्ति र वर्गको सार्वजनिक जानकारीका लागि यो सूचना प्रकाशन गरिएको बताइएको छ । उक्त सूचीमा थप गर्नुपर्ने र हटाउनुपर्ने विवरण यो सूचना प्रकाशन भएको मितिले १ महिनाभित्र आयोगमा निवेदन दिन वा आयोगको इमेल ठेगाना ष्लाय२लष्लअ।नयख।लउ आफ्नो सुझाव पठाउन सूचनामार्फत जानकारी गराइएको छ ।