
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३० आश्विन
महोत्तरीबाट मोटरसाईकल चोरीमा संलग्न भएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमाहरुमा महोत्तरीको बर्दिबास नगरपालिका १४ बस्ने बर्ष २५ का संजय मण्डल, एकडारा गाउँपालिका ३ घर बर्दिबासमा अजय मोटरसाईकल वर्कशप संचालन गरी बस्ने वर्ष २५ का अजय राम, बर्दिबासकै ३८ वर्षका मुरारी साह रहेको प्रहरीले जनाएको छ । गएको असोज २६ गते बिहान साढे ९ बजे महोत्तरीको सम्सी गाउँपालिका ७ चाँदनी चौकबाट महोत्तरी गौशाला नगरपालिका २ निगौल बस्ने असरफ शेखको ज ११ प १९१ नं. को मोटरसाईकल चोरी भएको थियो । मोटरसाईकल खोजतलास गर्ने क्रममा बर्दिबासका संजय मण्डलले चोरी गरेको खुलेपछि उनलाई पक्राउ गरेर सोधपुछ गर्दा उक्त मोटरसाइकल एकडारा घर भई बर्दिबासमै अजय मोटरसाईकल वर्कशप संचालन गर्ने अजय रामलाई बिक्री गरेको खुलेको थियो । मोटरसाईकल वर्कशप संचालक अजयले उक्त मोटरासईकल स्थानीय मुरारी सहालाई विक्री गरेको अनुसन्धानबाट खुलेको हो । मोटरासाईकल चोरी तथा खरिद विक्रीमा संलग्न तीनैजनालाई शुक्रबार चोरी मुद्दामा जिल्ला अदालत धनुषाबाट तीनदिनको म्याद थप गरी अनुसन्धान गरिरहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।