जलेश्वरटुडे समाचारदाता
धनुुषा, ३ चैत्र
मधेस प्रदेशको राजधानी जनकपुरधाममा स्थापित ज्ञान गंगा ईन्टरनेशनल
पब्लिक स्कुल जनकपुरधाम—१२ (एयरपोर्ट)ले बिहिबार एक कार्यक्रम वीच होलि उत्सव मनाएको छ ।
कार्यक्रमको अध्यक्षता तथा सम्बोधन गर्दै सो विद्यालयको प्रअ पवन कुमार
साहले यस वर्षको होलिले समाजमा सद्भाव,शान्ति तथा विकासको लहर उठोस् भनी कामना गर्नु भएको थियो । कार्यक्रममा प्रअ साहले वरिष्ठ शिक्षक विन्देश्वर
लाल कर्ण, सरोज झा तथा विवेकानन्द झालाई अविर तथा टोपी लगाई सम्मान गर्नुभएको थियो भने अन्य शिक्षक,कर्मचारी,अभिभावक तथा विद्यार्थीहरुलाई
अविर लगाएर होलिको शुभकामना साट्नु भएको थियो । कार्यक्रममा मिथिला बिहारी नगरपालिका वडा नं.१ भुतहीको अभिभावकहरु गंगा यादव,सुनिता साह र
सुनिता दासलाई सामुहिक रुपमा मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा मन्तब्य राखेका थिए ।