स्थानिय सरकार अन्तर्गतका नगरपालिका तथा गाउँपालिकाहरु मध्ये धेरैजसो पालिकाहरु स्थानियलाई प्राथमिकता दिनु भन्दा बाह्य संघसंस्थालाई सहयोग गरेको देखिन्छ । स्थानिय स्तरमा संचालित व्यवसायहरुको प्रबद्र्धन तथा विकास गर्न गराउन स्थानिय निकायको जिम्मेबारी तथा कर्तव्य हो । त्यहाँ भएका विभिन्न क्षेत्रका पेशागत व्यक्तिदेखि संघ—संस्थाहरुको विकास गर्न गराउनमा अग्रणी भूूमिका खेल्नुपर्ने आवश्यक हुन्छ । तर अहिले धेरैजसो पालिकाहरुले विभिन्न बहाना बनाएर स्थानियलाई लुकाएर स्थानिय आम्दानीलाई अन्य ठाउँमा खर्चेको देखिएको छ । स्थानिय निर्माण कार्यहरु लगायत पत्रपत्रिकाहरुमा प्रकाशन गर्नुपर्ने सूचनाहरु समेत स्थानिय निर्माण कम्पनीहरु र संचारगृहहरुलाई प्र्राथमिकता नदिएर बाहिरबाट काम गराइएको पाइएकोे छ । जसले गर्दा स्थानिय व्यवसाय तथा पेशाकर्मीहरु धरासाहीमा जानुपर्ने बाध्यताको समेत सामना गर्नुपर्ने देखिएको छ । यसबारे खोज तलास गर्दा हाकिमदेखि सूचना अधिकारीहरुले आज भोलि गरेर स्थानिय व्यवससायि तथा सरोकारबालाहरुलाई ठग्ने समेत गरेको देखिएको छ । नेपालमा घर—घरमा सिंघदरबार पुगे पनि सिंघदरबारको मतलब अहिलेसम्म यहाँका स्थानिय जनप्रतिनिधिहरुले बुझ््न सकेका छैनन् र नत जनतालाई त्यसको प्रत्याभूति दिलाउन सकेका छन जस्तो लाग्दछ । नेपालमा संघियता आएपनि यहाँका जनताले संघियताको सहि सुख भोग्न पाएका छैनन् । जबकी स्थानिय जनप्र्रतिनिधिहरु स्थानियकै मत पाएर निर्वाचित भएका हुन्छन् तर त्यही जनप्रतिनिधिले स्थानिय सेवाग्राही तथा स्थानिय व्यवसायीको व्यवसाय प्रबद्र्धन गर्न गराउने बेलामा बाहिरबाट काम गराउन थाल्दछन । यो असन्तुलन हो । यो एकदमै गलत हो । स्थानिय व्यक्ति तथा व्यवसायीको विकास विना समग्र स्थानिय तहको कुनै पनि शर्तमा विकास हुन सक्दैन । स्थानिय स्रोतसाधनलाई प्रबद्र्धन गरौ भन्न खोज्नु हो । स्थानिय सरकारको सहयोग बिना स्थानिय स्रोतसाधनको विकास असम्भव हुन्छ । त्यस कारण स्थानिय स्रोतसाधनहरुको प्रबद्र्धन गर्न जरुरी छ । यसको नागरिक सचेतना तथा सरोकारबालाहरुको समेत निगरानी आवश्यक रहेको देखिन्छ ।स्थानिय सरकार अन्तर्गतका नगरपालिका तथा गाउँपालिकाहरु मध्ये धेरैजसो पालिकाहरु स्थानियलाई प्राथमिकता दिनु भन्दा बाह्य संघसंस्थालाई सहयोग गरेको देखिन्छ । स्थानिय स्तरमा संचालित व्यवसायहरुको प्रबद्र्धन तथा विकास गर्न गराउन स्थानिय निकायको जिम्मेबारी तथा कर्तव्य हो । त्यहाँ भएका विभिन्न क्षेत्रका पेशागत व्यक्तिदेखि संघ—संस्थाहरुको विकास गर्न गराउनमा अग्रणी भूूमिका खेल्नुपर्ने आवश्यक हुन्छ । तर अहिले धेरैजसो पालिकाहरुले विभिन्न बहाना बनाएर स्थानियलाई लुकाएर स्थानिय आम्दानीलाई अन्य ठाउँमा खर्चेको देखिएको छ । स्थानिय निर्माण कार्यहरु लगायत पत्रपत्रिकाहरुमा प्रकाशन गर्नुपर्ने सूचनाहरु समेत स्थानिय निर्माण कम्पनीहरु र संचारगृहहरुलाई प्र्राथमिकता नदिएर बाहिरबाट काम गराइएको पाइएकोे छ । जसले गर्दा स्थानिय व्यवसाय तथा पेशाकर्मीहरु धरासाहीमा जानुपर्ने बाध्यताको समेत सामना गर्नुपर्ने देखिएको छ । यसबारे खोज तलास गर्दा हाकिमदेखि सूचना अधिकारीहरुले आज भोलि गरेर स्थानिय व्यवससायि तथा सरोकारबालाहरुलाई ठग्ने समेत गरेको देखिएको छ । नेपालमा घर—घरमा सिंघदरबार पुगे पनि सिंघदरबारको मतलब अहिलेसम्म यहाँका स्थानिय जनप्रतिनिधिहरुले बुझ््न सकेका छैनन् र नत जनतालाई त्यसको प्रत्याभूति दिलाउन सकेका छन जस्तो लाग्दछ । नेपालमा संघियता आएपनि यहाँका जनताले संघियताको सहि सुख भोग्न पाएका छैनन् । जबकी स्थानिय जनप्र्रतिनिधिहरु स्थानियकै मत पाएर निर्वाचित भएका हुन्छन् तर त्यही जनप्रतिनिधिले स्थानिय सेवाग्राही तथा स्थानिय व्यवसायीको व्यवसाय प्रबद्र्धन गर्न गराउने बेलामा बाहिरबाट काम गराउन थाल्दछन । यो असन्तुलन हो । यो एकदमै गलत हो । स्थानिय व्यक्ति तथा व्यवसायीको विकास विना समग्र स्थानिय तहको कुनै पनि शर्तमा विकास हुन सक्दैन । स्थानिय स्रोतसाधनलाई प्रबद्र्धन गरौ भन्न खोज्नु हो । स्थानिय सरकारको सहयोग बिना स्थानिय स्रोतसाधनको विकास असम्भव हुन्छ । त्यस कारण स्थानिय स्रोतसाधनहरुको प्रबद्र्धन गर्न जरुरी छ । यसको नागरिक सचेतना तथा सरोकारबालाहरुको समेत निगरानी आवश्यक रहेको देखिन्छ ।