जलेश्वरटुडे समाचारदाता
धनुषा, ७ चैत्र
मधेस प्रदेशको राजधानी जनकपुरधाममा पिछडावर्ग (ओबिसी)अन्तर्राष्ट्रिय सम्मेलन—२०२२ हुने भएको छ ।
जनकपुरधामको विद्यापति चौकमा अवस्थित नेपाल पिछडावर्ग(ओबिसी)महासभाको केन्द्रिय कार्यालयमा पिछडावर्ग (ओबिसी)अन्तर्राष्ट्रिय सम्मेलन—२०२२ को संयोजक वीर बहादुर महतोको अध्यक्षतामा बसेको बैठकबाट सो सम्मेलन यही चैत्र १९ र २० गर्ने निर्णय रहेको जानकारी गराउनुभयो । संयोजक महतोले सो सम्मेलनमा देश विदेशका विभिन्न क्षेत्रका विद्वानहरुको समेत उपस्थिति रहने जानकारी गराउनुभयो । यस सम्मेलनबाट नेपाल तथा भारत लगायत अन्य देशका पिछडावर्ग समुदायसँगको सम्बन्ध प्रगाढ हुने संयोजक महतो ले थप्नुभयो ।
त्यसैगरी बैठकबाट आर्थिक समितिमा संयोजक महतो ,पिछडावर्ग(ओबिसी)महासभाको अध्यक्ष राम कुमार महतो,पिछडावर्ग (ओबिसी)महासभाको केन्द्रिय सदस्य पवन कुमार साहलाई सर्वसम्मतिले चयन गरियो । सो बैठकमा पिछडावर्ग(ओबिसी)महासभाको सहसचिव नागेन्द्र सिंह,सल्लाहकार प्रा.बालकेश्वर ठाकुर,सदस्य शम्भु ठाकुर,लालबाबु यादव,विरेन्द्र कुमार महतो,बलदेव साह,सरीता कुमारी पासवान लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।