पवन कुमार साह
महोत्तरी, ९ चैत्र
महोत्तरीको जलेश्वरमा म्यादी प्रहरीको फाराम भर्ने उम्मेदबारहरुको भिड आज चौथो दिन पनि कायमै रहेको देखिएको छ ।
नेपाल सरकारले देशभरी नै १ लाख तथा महोत्तरी जिल्ला मात्रको लागि २ हजार ७ सय ३६ जनाको लागि भर्ना खुलाएको थियो । जसमध्ये बुधबार फाराम भर्नेहरुको संख्या महोत्तरी मात्रमा ५ हजार भन्दा बढी नाघि सकेको जिल्ला प्र्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यता युवा,युवति तथा विभिन्न उमेर समुहका उम्मेदबारहरुले फाराम भरे पनि फाराम भर्न तथा प्रवेश पत्र लिनमा सकस रहेको उम्मेदबारहरुले दुखेसो पोखे । फाराम भरे पनि आफूहरुसँग सोर्स नभएकोले परीक्षामा पास गर्न नसकिने चिन्ता समेत उम्मेदबारहरुमा रहेको पाइयो । यता अदालत छेउछाउका बाटाहरु साँघुुरो रहेको कारण सबारी साधनहरु राख्न तथा व्यस्थापनमा सकस रहेको तथा अलपत्र गाडीहरु राखिएको थियो । जसले गर्दा अन्य सबारी साधनहरु हिडडुलमा समस्या समेत देखिएको थियो । यता कर्मचारीहरु समेत भिडभाडबाट भ्याइ न भ्याई देखिएको थियो ।