रेललाई अब संरक्षण र प्रबद्र्धन गरौ – Jaleshwortoday

रेललाई अब संरक्षण र प्रबद्र्धन गरौ

 २० चैत्र २०७८, आईतवार ०३:१५  
Jaleshwor Today Editorial

नेपालमा चल्ने एकमात्र रेल सेवा धेरै समयको प्रतिरक्षा पश्चात विधिबत रुपमा हिजो नेपालको प्रधानमन्त्री शेर बहादुर देउवा तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा डिजिटल माध्यमबाट उद्घाटन गर्नुभएको छ । वास्तवमा यो भारत र नेपालको लागि ज्यादै नै खुशीको कुरा हो । यस सेवाको शुचारु सँगै जयनगर भारत तथा जनकपुरधाम नेपालको आर्थिक विकासका सम्भावनाहरुको शुरुवात भएको छ । यसले नेपाल र भारतको विचको धार्मिक,साँस्कृतिक,पर्यटकीय,आर्थिक,सामाजिक ,बैबाहिक लगायतका क्षेत्रहरुको विकासमा क्रान्ति ल्याउने देखिन्छ । तर यसको संरक्षण तथा प्रबद्र्धन गर्न त्यति ने चुनौतिपूर्ण रहेकोले सबैले यसको बारेमा चिन्तन तथा सहयोग गर्न आवश्यक छ । बिगतमा भएका गल्तीहरुलाई अव नदोहोरयाई भाडा तिरेर यात्रा गर्न सबैले आदत बसाउनु जरुरी छ । साथै रेल विभागले पनि पारदर्शि रुपमा आम्दानी र खर्चको लेखाजोखा राखी संस्थालाई नाफा तर्फ लग्न अग्रसर रहनु जरुरी छ भने अर्कातर्फ भाडा अनुसारको सेवा सुविधा दिई रेल सेवाको विकास तथा विस्तारमा जोड दिनुपर्छ ।