पिछडावर्ग(ओबिसी)अन्तर्राष्ट्रिय सम्मेलन — २०७८ बाट ७ सदस्ययी अन्तर्राष्ट्रिय समिति गठन – Jaleshwortoday

पिछडावर्ग(ओबिसी)अन्तर्राष्ट्रिय सम्मेलन — २०७८ बाट ७ सदस्ययी अन्तर्राष्ट्रिय समिति गठन

 २१ चैत्र २०७८, सोमबार ०६:२४  
CC

जलेश्वरटुडे समाचारदाता
धनुषा, २० चैत्र

मधेस प्र्रदेशको राजधानी जनकपुरधाममा २ दिने पिछडावर्ग (ओबिसी) अन्तर्राष्ट्रिय सम्मेलन—२०७८ को आज समापन भई पिछडावर्ग(ओबिसी) अन्तर्राष्ट्रिय ७ समिति गठन गरिएको छ ।
समितिमा पिछडावर्ग महासंघ भारतको अध्यक्ष डा.ववनराव तायवाडे(भारत)संयोजक,पिछडावर्ग(ओबिसी) महासभाको अध्यक्ष राम कुमार महतो(नेपाल) सह—संयोजक,सुभाष घाटे(भारत)सदस्य,रामपृत यादव(नेपाल),मुकेश कुमार नन्दन(भारत) सदस्य,विमल जयसबाल(नेपाल)सदस्य र सुमित्रा मेहता(नेपाल) लाई सर्बसम्मतिले चयन गरिएको छ । जनकपुरधामको मुरली चोैकमा अवस्थित पिछडावर्ग((ओबिसी) महासभाको कार्यालयमा मनोनित पदाधिकारीहरुलाई प्रमाणपत्र समेत प्रदान गरी सम्मान तथा बधाई दिइएको महासभाको सहसचिव नागेन्द्र सिंहले जानकारी गराउनुभयो । पिछडावर्ग (ओबिसी) अनुसन्धान परिषदको अध्यक्ष वीर बहादुर महतो अध्यक्षतामा २ दिने सम्मेलन सपन्न भएको थियो ।