पिछडावर्गले एकजुट हुन जरुरी – Jaleshwortoday

पिछडावर्गले एकजुट हुन जरुरी

 २१ चैत्र २०७८, सोमबार ०६:२७  
Jaleshwor Today Editorial

नेपालमा अहिले करिब ४२ वटा जातजााति जुन दलित वा अन्य वर्गमा पर्दैनन त्यसलाई राष्ट्रिय समावेशी आयोगले पिछडावर्गमा राखेका छन् । यी जातजातिहरुमा लहेरी,महतो,कोइरी,गुप्ता,यादव लगायतका जातजातिहरु रहेका छन् । यी जातजातिहरु विभिन्न क्षेत्रहरुको विकासमा पिछडीएको पाइएकोले यिनीहरुलाई पिछडावर्ग(ओबिसी) भनिएको हो । यी वर्गले राष्ट्रिय समावेशी आयोग पछि नेपाल सरकारको मन्त्रीपरिषदबाट अनुमोदन भई सूचिकृत हुन आवश्यक रहेको देखिन्छ । यसको लागि यसभित्र पर्ने सबै जातजातिहरुले एकत्रित भई सरकारलाई दबाब दिन आवश्यक रहेको देखिन्छ । यति मात्र होइन ओबिसीको लागि नेपाल सरकारले प्रत्येक वर्ष छुट्ट्याउदै आएका विकासात्मक बजेटहरु केन्द्रमै फ्रिज हुने गरेकोले त्यसको कार्यान्वयन तथा उचित प्रयोगको लागि ओबिसी भित्र एकता कायम गरी एकजुट भएर एकचोटि अझै सरकारलाई घचघचाउन आवश्यक रहेको देखिन्छ । यसको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा एकजुुट भई जातिगत पहिचान तथा आरक्षणको लागि सबैले आ—आफ्नो ठाउँबाट आबाज उठाउँन जरुरी छ ।