
जलेश्वरटुडे समाचारदाता
धनुषा, २३ चैत्र
नेपाल सद्भावना पार्टी(नेसपा) र राष्ट्रिय जनमुखी पार्टी(राजपा) लोकतान्त्रिक नेसपाको केन्द्रिय कार्यालयमा बुधबार एउटा कार्यक्रम वीच चुनावी कार्य एकता गर्ने घोषणा गरेका छन् ।
नेसपाको तर्फबाट केन्द्र्रिय अध्यक्ष राम कुमार महतो र राजपा लोकतान्त्रिकको तर्फबाट केन्द्र्रिय अध्यक्ष रितेश कुमार सिंंहले विभिन्न विषयमा चुनावी कार्य एकता गर्ने संयुुक्त रुपमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा ेस्थानिय चुुनावमा भाग लिने नेसपाका प्र्रतिनिधिहरु सम्बन्धमा राजपा लोकतान्त्रिकको सल्लाह लिइने,नेसपालाई राजपा लोकतान्त्रिकले पूर्ण सहयोग गर्ने तथा जनकपुरधाम मेयर र उपमेयर सम्बन्धमा उम्मेदबार चयन गर्दा दुवै पार्टीका अध्यक्षहरुले आपसी सहमतिमा गर्ने उल्लेख छ ।
कार्यक्रममा नेसपाको महासचिव नागेन्द्र सिंह,प्रवक्ता पवन कुमार साह,के.सदस्य मुरारी लाल कर्ण,के.सदस्य राज कुमार चौधरी,जिल्ला सदस्यहरुमा सरीता पासबान तथा राम शतिस साह(लहेरी) लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।