स्थानिय चुनावबाट कर्मठ उम्मेदबारलाई चयन गरौं – Jaleshwortoday

स्थानिय चुनावबाट कर्मठ उम्मेदबारलाई चयन गरौं

 २४ चैत्र २०७८, बिहीबार ०१:०१  
Jaleshwor Today Editorial

स्थानिय चुनावको अब ३६ दिन मात्र बाँकी रहेको परिवेशमा जनसमुदायलाई यस चुनावमा कसलाई आफ्नो प्रतिनिधि बनाउने भन्ने विषयमा चिन्तन तथा दबाब रहेको सहजै बुझ्न सकिन्छ ।

No description available.

अहिले विभिन्न ७९ वटा पार्टीका नेता तथा कार्यकर्ताहरु आफ््नो पक्षलाई मजबुत देखाउनमा समेत तल्लिन रहेको देख्न सकिन्छ । जनतालाई आफ्नो पार्टीतिर तान्न विभिन्न पार्टीहरुले विभिन्न किसिमले प्रचारात्मक कार्यक्रमहरु गरिरहेको पनि सहजै देख्न सकिन्छ । प्रथम स्थानिय चुनावबाट निर्वाचित जनप्र्रतिनिधिहरु समेत जनताको मुल्यांकनमा छन्् । यी मिश्रित परिवेशहरुमा एउटा कुशल तथा कर्मठ पुरानै वा नयाँ नेता छनौट गर्नमा सकस हुनु स्वाभाविक हो । तर नेपाललाई सहि रुपमा विश्वको नक्सामा आर्थिक तथा अन्य क्षेत्रबाट सबल देखाउनु छ भने स्थानिय स्तरबाट नै कुशल जनप्रतिनिधिको छनौट गर्न आवश्यक रहेको देखिन्छ । यस पटकको चुनावमा युवा वर्गको समेत सहभागिता बढने सम्भावना देखिन्छ । तसर्थ आफ्नो मतलाई सहि प्रतिनिधि छनौट गर्नमा प्रयोग गर्नु नै बुद्धिमानी हुने छ ।