हुलाकी राजमार्ग अन्तर्गतका विभिन्न सडक तथा पुलहरुलाई अहिले मरम्मत संभारको आवश्यकता रहेको देखिन्छ ।
समयमै मरम्मत संभार तथा निर्माण नभएर दैनिक रुपमा दुर्घटना हुने गरेको तथा यसबाट हुन जाने क्षतिबाट समेत सरोकारबालाहरु जिम्मेबारीबिहिन देखिएकोले यसको समयमै सम्बन्धीत सरोकारबालाहरु तथा हुलाकी राजमार्ग तथा सडक कार्यालयले समाधान खोज्नु पर्ने देखिन्छ । यता स्थानिय जनसमुुदायले समेत आफ्नो ठाउँबाट आवाज उठाउँन सक्नुपर्छ । सम्बन्धीत सरोकारबालाहरुलाई घचघचाउन पाउँनुपर्ने जनताको अधिकार हो । यो कुनै चुनावी मुद्दा पनि नबनोस् । किनभने अहिले जनताको भोटलाई सुनिश्चित गर्न राजनैतिक दल तथा नेताहरुले विभिन्न किसिमको प्रलोभनहरु देखाइएको पाइन्छ । त्यसकारण बलवा नगरपालिका वडा नं. १ अन्तर्गत पर्ने बदिया बन्चौरीको रातु नदीको पुल हुलाकी सडक निर्माण भित्र पर्ने भएकोले यसको लागि पालिका,हुलाकी सडक कार्यालय तथा प्रदेश साँसदहरुले समेत यसको अति सिघ्र मरम्मत संभार तथा आवश्यक निर्माणको लागि पहल गर्न जरुरी देखिन्छ ।