औरहीको विभिन्न स्थानमा शिलान्यास तथा उद्घाटन गरियो – Jaleshwortoday

औरहीको विभिन्न स्थानमा शिलान्यास तथा उद्घाटन गरियो

 २५ चैत्र २०७८, शुक्रबार ०२:३८  
H

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २४ चैत्र

महोतरीको औरही नगरपालिकामा विभिन्न स्थानमा शिलान्यास तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । औरही नगरपालिकाका नगरप्रमुख सुनिलकुमार यादव ,पुर्व उद्योग तथा आपूर्ति मन्त्रि महेन्द्र कुमार यादव र पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवद्वारा संयुक्त रुपमा औरही नगरपालिकाको विभिन्न स्थानमा सञ्चालन हुन लागिएका विकास कार्यहरूको उद्घाटन तथा निर्माण हुन लागेका कार्यहरूको शिलान्यास भएको छ ।

May be an image of 4 people, people standing and text

औरही नगरपालिका वडा नम्बर ५ मा नगर अस्पतालको शिलान्यास गरिएको छ । जसको लागि १८ करोडको बजेट विनियोजन गरिएको नगरप्रमुख सुनिल कुमार यादवले जानकारी दिएका छन् । १५ शैय्याको अस्पताल निर्माणको लागि पुर्व उद्योग तथा आपूर्ति मन्त्रि यादवले आफ्नो १४ कठ्ठा जग्गा प्रदान गरेको समेत उनले बताए । त्यसैगरी नगरपालिकाको ९ वटा वडामध्ये ७ वटा वडा (८,५,६ र २ ) मा स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ । जसको लागत ४०÷४० लाख भएको रहेको छ । अर्को दुईवटा वडामा ६०÷६० लाखको लागतमा स्वास्थ्यचौकी निर्माण गरिएको छ । त्यस्तै नगरभित्र सामुदायिक भवनको समेत उद्घाटन गरिएको छ । वडा नं ५ मा निर्माण गरिएको सो भवनको लागत ७० लाख रहेको छ । त्यसैगरी श्रीपुर र कविलासा जोड्ने जङ्गहा पुलको उद्घाटन भएको छ । पुल निर्माण लागत २६ करोड रहेको नगरप्रमुखले जानकारी दिएका छन् । त्यस्तै वडा नम्बर ६ मा ३० लाखको लागतमा निर्माण गरिएको रामजानकी मन्दिरको समेत उद्घाटन गरिएको छ । यी सबै कार्यक्रम आज एकै दिन सम्पन्न भएको छ ।