नेपालको अर्थव्यवस्था खराब रहेको हल्ला अनुसार यसलाई सम्हाल तथा सुदृद्ध बनाउनु जरुरी रहेको देखिन्छ । विज्ञहरुको अनुसार नेपालमा महँगी बढन गई अहिले सरकारी ढुकुटी समेत शुन्य भएको परिवेश छ । अहिले गभर्नरलाई पदमुुक्त गरी देशको अर्थ व्यवस्थालाई राम्रो पार्नको लागि वर्तमान सरकार लागि परेको देखिन्छ । श्रीलंकाको जस्तो नेपालको अवस्था नहोस भनेर सबैको चिन्ता बढेको देखिन्छ । श्रीलंकाको बैदेशिक ऋण अनियन्त्रित रहेकोले त्यहाँको अर्थव्यवस्था ज्यादै नै कमजोर भएको हो । तर नेपालको बैदेशिक ऋण अनियन्त्रित नभएको तर खर्च चाहि अत्यधिक रहेको परिवेश छ जसलाई नियन्त्रित गरिएन भने श्रीलंका सरह नेपालको पनि अवस्था हुने सबैको ठहर छ । विश्व बजारमा पेट्रोलियम पदार्थको मुल्यमा आएको ठूलो बृद्धिको कारण नेपालमा समेत आर्थिक मन्दी आएको देखिन्छ । यसलाई नियन्त्रित गर्नको लागि सरकारले सप्ताहमा २ दिन बिदा गरेर पेट्रोलियम पदार्थको खपतलाई केहि हदसम्म कम गर्न सक्छ । तर स्थायि रुपमा देशको अर्थतन्त्रलाई मजबुत राख्न आन्तरिक उत्पादनलाई बढाउन अति आवश्यक छ।