हिजो २०७८ साल समाप्त भएर आज नव वर्ष २०७९ को थालनि भएको छ । नव वर्षको आगमन सँगै नेपालमा यसको खास महत्व राख्ने गर्दछ । नव वर्षको अवसरमा बालबालिकादेखि बुढाबुढीसम्म बनभोज गर्ने,नयाँ ठाउँ भ्रमण गर्न जाने लगायतका कार्यक्रमहरुमा सरिक हुने गर्दछन् । नव वर्षको आगमनसँगै नयाँ व्यवसाय थाल्ने,नयाँ साथी बनाउँने,नयाँ कामको शुरुवात गर्ने,नयाँ घर,गाडी वा बाहन खरिद गर्ने जस्ता शुभ कार्यहरु हुने गरेको सहजै महसुस गर्न सकिन्छ । वर्तमान परिवेशमा नव वर्षको थालनी आर्थिक मन्दीको बेला भएको छ भने बैशाख ३० गते हुन लागेको स्थानिय चुनावबाट नयाँ जनप्रतिनिधि चुन्ने मौका समेत प्राप्त हुने संयोग छ । बिगतमा जतिसुकै काम भए पनि आन्तरिक उत्पादन बढाउने कामको परिमाण ज्यादै नै न्युन रहेको देखिन्छ । तसर्थ जबसम्म देशमा आयात न्युन तथा निर्यात बढी हुदै तबसम्म देशले दीगो आर्थिक सबलता पाउन सक्दैन । यति समस्या तथा चुनौतिको बाबजुद पनि सबै नेपालीको मनमस्तिष्कमा शान्तिको साथै साकारात्मक उत्पादनशील उर्जा पलाओस् भन्ने कामना सहित सबैको जय होस् ।