मधेस प्र्रदेशको राजधानी जनकपुरधामलाई लामखुट्टेको राजधानी भन्दा पनि हुुन्छ जस्तो लाग्दछ । खास गरी जनकपुरधाममा अव्यवस्थित नाला,फोहोर व्यवस्थापन तथा ढल व्यवस्थापनमा देखिएको कमिको कारण यहाँ लामखुट्टे आतंक बढेको देखिन्छ । उपमहानगरको माया कृपाले थोरै भए पनि औषधी छर्के काम भए पनि अहिले सो काम महिनौदेखि रोकिएको देखिन्छ । समग्र देश नै स्थानिय चुनावको तयारी जुटेको परिवेशमा जनताको स्वास्थ्यबारे गैरजिम्मेबार हुनु चिन्ताजनक अवस्था रहेको टिप्पणी गर्न सकिन्छ । स्वास्थ्य नै धन हो । स्वास्थ्य नै बिग्रे पछि मान्छेको जिवनको क्षणहरु न्युन हुन जान्छ । त्यसकारण जनताको स्वास्थ्यको प्र्रति जिम्मेबार हुनु सरकारको कर्तव्य हो । जनकपुरधामकै धेरै क्षेत्रहरुमा अहिलेसम्म उपमहानगरको फोहोर उठाउने गाडी पुग्दैन जहाँ स्थानिय फोहोरमा बस्न बाध्य छन् । जवकी उपमहानगरबासीले सबै करहरु सहजै तिरीरहेका छन् । कर तिरे पनि सेवा सुविधामा कटौति हुनु सरकारको भ्रष्टाचारीको संकेत गर्ने भएकोले यसको निकास जनताले पाउनुपर्छ र अहिले लामखुट्टे मार्ने औषधी छर्कन जरुरी छ ।